About

About

About ASFN

पर्वतीय खेलकुद महासंघ नेपालको विधान : Click here to view Constitution

साधारण सभामा प्रस्तुत सक्षिप्त प्रतिबेदनहरु

नेपाललाई एसियाकै पर्वतीय खेलकुदको केन्द्र बनाउने सपना सहित बिगत ६ वर्ष अगाडी स्थापित पर्वतीय खेलकुद महासंघको चौथौं साधारण सभा तथा निर्वाचनको संघारमा हामी उपस्थित भएका छौँ । स्थापनाकालमा ८ संघबाट शुरु गरेका हामी आज १२ राष्ट्रिय संघको प्रतिनिधित्व गर्दछौं ।

“…for Nature and Adventure” मूल थिम भएको शाहसिक तथा पर्यटकीय खेलहरुको यस महासंघ

शाहसिक , पर्वतीय तथापर्यटकीय खेल मार्फत नेपाललाई विश्व सामु चिनाउन
पर्यटनको प्रमुख बिकल्प बन्न
खेलकुद र वाताबरणको सामन्जस्यता गर्न
नेपालीप्रकृति , भूगोल र वाताबरण सुहाउदो खेल इभेन्टको विकास गर्न
खेलकुद मार्फत आर्थिक सामाजिक रुपान्तरणमा मद्धत गर्न
राष्ट्रिय— अन्तराष्ट्रिय इभेन्टहरुको आयोजना ÷संयोजन गर्न
डराष्ट्रिय संघहरु, राखेप , सरकरी तथा सम्बन्धित हरुको बिचमा समन्वय गर्न ,
नेपाली खेलक्षेत्रमा प्रवेश गरेको थियो ।

झण्डै किनारामा पारिएका तर नेपाली प्रकृति , वातावरण , भूगोल र आर्थिक — सामाजिक कारणले अपरिहार्य रहेका यस किसिमका खेलकुदहरुलाई नेपाली खेलकुदको मुल प्रवाहमा ल्याउन हामी एक हदसम्म सफल भएका छौं । राखेपको समिक्षालयमा स्थापना भएको यस महासंघले पोखरामा पहिलो साधारण सभा र निर्वाचन , काभ्रेमा दोस्रो र तेस्रो साधारण सभा सम्पन्न गरिसकेको छ । त्यसै सिलसिलालार्ई जोड्दै आज हामी चौथौ साधारण सभा तथा विर्वाचनको संघारमा आईपुगेका छौं ।

राष्ट्रिय खेलकुद परिषदमा आबद्घ साहसिक तथा पर्यटकिय क्षेत्र संग सम्बन्धित नेपालको भुगोल र वातावरण मैत्री बिभिन्न खेलहरुलाई एकत्रित गरी आगामी केहि बर्ष भित्र नेपाललाई साहसिक तथा पर्यटकिय खेलकुदकाृ एसियाली केन्द्रको रुपमा बिकास गर्ने लक्ष्यका साथ यस पर्बतिय खेलकुद महासंघ — नेपाल ः

नेपालका एक दर्जन राष्ट्रिय संघहरुको साझा महासंघ हो जस्ले नेपालमा साहसिक खेलकुद मार्फत पर्यटन प्रबद्र्घन गदै राष्ट्रिय पहिचान र गौरवको लागि खेलकुदका बिभिन्न गतिबिधिहरु गर्दै आईरहेको छ ।

पर्वतीय खेलकुद भन्नाले मुलत:

प्रकृती, वातावरण मैत्री, नेपालको विशिष्ठ पहिचान दिने र पर्यटन प्रवद्र्धनमा सहयोगी ।
नेपालको भूगोल अनुसार उच्च हिमाली, हिमाली , पहाडी तथा विशेष क्षेत्रमा सञ्चालन गर्न सकिने ।
विश्वमै लोकप्रिय साहसिक तथा विशिष्ठ खेलको केन्द्रबिन्दु बन्न सक्ने ।
राष्ट्रिय प्रतिष्ठा, पँहुच र पदकको लागि प्रचुर सम्भावना भएको ।
प्रकृति, साहस र सृजनशिलताको अपूर्व संगमको संयोजन हुन सक्ने देहायका खेलहरु:
१. मोटर, मोटरसाइकल, गोकार्टस् लगायत अटो स्पोर्टस् सम्बन्धि सम्पूर्ण खेलहरु,

२.¥याफटीङ, क्यानोईङ्ग , कायाकीङ्ग लगायतका वाटर स्पोर्टस्हरु

३.साइक्लिङ्ग,माउन्टेनबाइक,रोडरेसीङ्ग लगायत साइकल सम्बन्धि सम्पूर्ण खेलहरु

४.पर्वतारोहण, चट्टान आरोहण, हिमाल आरोहण लगायतका अल्पाइन सम्बन्धी खेलहरु

५.बन्जी जम्पीङ्ग, क्यानोनिङ्ग, स्वाइङ्ग लगायतका खेलहरु

६.ट्राथोलन ,द्वाथलन जस्ता साहसिक खेलहरु

७.प्याराग्लाइडीङ्ग, ह्याङ्गग्लाइडीङ्ग लगायतका खेलहरु

८.घोडादौड लगायतका घोडासंग सम्बन्धी खेलहरु

९.आइस स्की, ग्रास स्की, वाटर स्की, लगायत स्की सम्बन्धि सम्पूर्ण खेलहरु

१०. स्काई डाइभिङ्ग, अल्ट्रा लाइटीङ्ग लगायतका हवाई खेलहरु

११. एथलेटीक्स, क्रसकन्ट्री, अल्ट्राम्याराथन,हिमालयन म्याराथुन लगायतका दौडहरु

१२. गल्फ जस्ता प्रकृती र वातावरण मैत्री खेलहरु

१३. आन्तरीक तथा वाहय पर्यटन प्रबद्र्धन गर्ने र नेपाली मौलिक पहिचान दिने परम्परागत आर्चरी, पर्वतीय, बीच, अल्पाइन, वाटर, सरफेस,एयरस्पोर्टस् लगायतका सम्पूर्ण साहसिक तथा पर्यटकीय खेलहरु

पर्बतिय खेलकुद महासंघ – नेपाल : सक्षिप्त परिचय

स्थापना: २०६९ जेष्ठ
प्रथम साधारण सभा तथा निर्वाचन २०६९ असोज, पोखरा
दोश्रो ÷ तेस्रो साधारण सभा २०७२ जेष्ठ नमोबुद्ध , काभ्रे
चौथो साधारण सभा तथा निर्वाचन २०७५ जेष्ठ ५ ,धुलिखेल
बैठक ः कार्यसमिति — ९ वटा , सचिवालय ४ वटा , ३ वटा संघमा आधारित
यस महासंघले मुलत ः

१. नितीगत तहमा शाहसिक खेलकुदलाई स्थापित ।

२. पर्यटन र खेलकुदलाई संयोजन गर्ने ।

३. नेपालमा खेलकुदलाई पर्यटन, आर्थिक सामाजिक विकासमा जोड्ने ।

४. खेलकुद र वातावरण बिचको सहकार्य र सम्बन्ध विकास गर्ने कार्य गरिरहेको छ ।

यसका सदस्य संघहरु ः

१. नेपाल अटोमोवाईल्स एसोसिएसन (नासा)

२. नेपाल एथ्लेटीक्स् एसोसिएसन

३. नेपाल आर्चरी संघ

४. नेपाल ट्रायथलन एसोसिएसन

५. नेपाल स्पोर्टस् क्लाइम्बिङ्ग एसोसिएसन

६. नेपाल र्याफ्टीङ्ग एण्ड क्यानोयिंङ्ग एसोसिएसन

७. नेपाल गल्फ एसोसिएसन

८. नेपाल इक्यूस्टेरियन संघ

९.बन्जी एण्ड क्यान्योनिङ्ग संघ नेपाल

१०.नेपाल एभिएसनस्पोर्ट एसोसिएसन

११ .नेपाल साइक्लिङ्ग संघ

१२. प्याराग्लाइडिङ्ग एण्ड ह्यांङ्ग ग्लाइडीङ्गसंघ

यस क्षेत्रमा रहेका तर सदस्य नभैसकेका संघहरु

१. नेपाल स्की संघ

२. नेपाल मोडर्न पेन्टाथलन संघ

३. नेपाल हात्ती खेल संघ

४. नेपाल माउण्टेन रनिङ्गसंघ

५. नेपाल रोविङ्ग संघ

६. नेपाल कर्लिङ्ग संघ

IOC मार्फत Recognized भएका , नेपालमा पनि स्थानिय स्तरमा गतिविधि सुरुभएका खेलहरु

१. मिनी गल्फ

२. पावर बोटिङ्ग

३. वाटरपोलो

यस महासंघले संचालनरसम्पन्न गरेका गतिविधिहरु ः

१. माउन्टेन स्पोर्टस् फेस्टीबलको सुरुवात

प्रथम — छैटौं

२. विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) दिवसको उपलक्ष्यमा विभिन्न पर्यटकीय कार्यक्रमको सुरुवात र समन्वय

सदस्य संघहरु मार्फत

३. विश्व वातावरण दिवस (५ जुन) को उपलक्ष्यमा कार्यक्रको सुरुवात र समन्वय

सदस्य संघहरु मार्फत

४. अवार्ड÷ पुरस्कार र सम्मान ÷ सहयोग

Great Himalayan Trail का राईडरहरुलाई
पुस्कर शाह (एभरेस्ट क्लाईमबिङ्ग )
एन्डी स्मीत (स्काई डाईभर )
अन्नपुर्ण चौथोेका महिला आरोहिहरु
सानो बाबु सुनुवार (पाराग्लाईडीङ्ग )
संजय पण्डित (अल्ट्रा म्याराथन )
शिवराम श्रेष्ठ (गल्फ )
Rafting को अन्तराष्ट्रिय तालिम
Triathlon का खेलाडीका पदक बिजेता खेलाडी
Women Sumitter
५. तालिम , गोष्टी अन्र्तकृया सभारसमारोह

काठमाडौं — २ वटा , ध्त्ऋ ( अन्र्तकृया , सम्मान सहितको डिनर )
पोखरा — १ (पहिला अन्र्तकृया )
चितवन — १ ( भूकम्प पछिको पर्यटन शिर्षकमा )
जुम्ला — १ (पर्यटनका प्रोडक्टको शिर्षकमा )
तनहु — १ (शाहसिक पर्यटन शिर्षकमा )
काठमाडौं — १ ( भूकम्प पछिको पर्यटन शिर्षकमा )
६. शाहसिक खेलकुदको प्रोडक्ट तयार गर्न सक्रिय सहभागिता

मेची पहाडी पर्यटन विकास समिति (ःबलगब)ि
जुम्ला जिवीस
नुवाकोट उद्योग बाणिज्य संघ
क्षेत्रिय होटल संघ सौराह
७. हाल को संलग्नता ः

प्रदेश नं १ ( पर्यटनको गुरुयोजना निर्माणको लागि )
कर्णाली प्रदेश ( पर्यटनको गुरुयोजना निर्माणको लागि )
भीमदत्त नपा( शाहसिक खेलको गुरुयोजना निर्माणको लागि )
प्रदेश नं २ को मुख्यमन्त्री संग अध्यक्ष संगको मीटीङ्ग (कार्यक्रम तयार गरि प्रस्तुत गर्ने सहमति )
ताप्लेजुंङका सभासद र उद्योग बाणिज्य संघ संग मीटीङ्ग (आगामी २ वर्षमा संचालन गरिने कुनै पनि कार्यक्रमको लागि सहयोग स्वरूप सम्पूर्ण ब्यबस्थापन )
८.अन्र्तराष्ट्रिय ÷ राष्ट्रियसम्पर्क र सम्बन्ध विस्तार

आईयुसिएन
— सदस्यता को लागि पत्र दर्ता भएको , Presentation बाँकी

अस्टेलियन स्पोर्टस्. एण्ड इन्भारोमेन्ट
— पत्राचार भइरहेको

ताफिसा (International Sports For All Association- TAFISA)
— सदस्यताको लागि अनुरोध गरेको

स्पोर्टस् एण्ड कल्चर एसोसिएसन
— पत्राचार भइरहेको

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र
— सहकार्यको प्रस्ताव अगाडी बढेको

नेपाल पर्यटन बोर्ड
— केहि संघलाई कहिले कहिँ सहयोग भइरहेको

प्रकृति संरक्षण कोष
— सहकार्य गर्न इच्छुक

TAAN र NAA (पोखरा) Paragliding का इभेन्टलाई महासंघ र राखेपमा आवद्धता
हामी सफल रह्यौ ः

पर्यटकिय खेलकुदको मुल प्रवाहीकरण गर्न
महासंघको स्थापना र वैधानिक रुपमा संचालन गर्न
सार्वजनिक मुद्द्दमा एकरुपता ल्याउन
भुकम्प पछिका कार्यक्रमको राष्ट्रिय प्रभाव पार्न
माउन्टेन स्पोर्ट्स फेस्टिवल शुरुवात गर्न
सम्बन्धित सरकारी निकायहरुमा प्रभाव पार्न
Adventure and Sports को छुट्टै पहिचान दिलाउन
Adventure Tourism को पहिचान दिलाउन
Sports/ Nature/ Culture मा अन्र्तराष्ट्रिय चासो जगाउन
अन्य संघ र राखेपलाई समेत एउटा सकारात्मक उदाहरण बन्न
टुरिजम क्षेत्रमा सकारात्मक प्रभावपार्न
हाम्रा कमीकमजोरीहरु ः

वजेट घट्दो छ
सबै संघहरुले महासंघलाई आत्मसाथ नगर्नु
डकुमेन्टेसन / कार्यालय / सचिवालय ब्यवस्थित भएनन्
स्थानिय संघ , उप(समिति गठन भएनन्
राखेप / सरकारी / निजि क्षेत्रसंग आवश्यक समन्वय गर्न सकिएन
ठुलो संख्यामा भएकोले नियमित वैठक ,भेला भएनन्
ब्राण्डिङ्गमा कमिकमजोरी रहे
प्यान /अडिट रिपोर्ट /वार्षिक कार्यक्रम/ नियमित साधारण सभा/ बंैक खाता / रेपोर्टिङ्ग
जस्ता नियमित कार्यमा समेत संघहरुलाई सहयोग गर्न सकिएन ।

आगामी कार्ययोजनाको प्रस्ताव

तत्कालिन कार्यजोजना ः

१. आईयुसिएन , आईओसि आवद्ध महासंघहरु , स्पोर्टस् , टुरिजम तथा वातावरण सम्बन्धी राष्ट्रिय—अन्तराष्ट्रिय संघ संस्थामा आवद्धता

२. ७ वटा प्रदेश समिति निर्माण र संघलाई प्रदेश निर्माणमा सहयोग

३. माउन्टेन स्पोर्टस् फेस्टीबल , विश्व वातावरण दिवस तथा विश्व पर्यटन दिवसलाई देशव्यापीरुपमा मनाउने ÷ बनाउने

४. महासंघमा आवद्ध नभैसकेका संघ र खेललाई संलग्न गराउने

५. सचिवालय, पुर्वकालिन कर्मचारी व्यवस्थापन गर्ने

६. वेवसाईट र ब्रान्डीङ्ग व्यस्थित पार्ने , Youtube- Twitter संचालन गर्ने

७. रिसर्च, डेभलपमेन्ट, पोलिसी र प्लानीङ्ग का लागि सल्लाहकार समिति

८. संलग्न खेलहरुको म्यानुल निर्माणमा सहयोग तथा टे«निङ्ग संचालन गरिने

९. सदस्य संघ र पदाधिकारी र सदस्यहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम

१०.”Green and Sustainable Sports” र “Women in Sports and Adventure” सम्बन्धी राष्ट्रिय अभियान शुरु गर्ने

११. खेलकुद र वातावरण, खेलकुद र रोजगार खेलकुद र पर्यटन विषयमा अध्ययन रिपोर्ट तयार गर्ने

१२. पाँच सदस्यीय सचिवालय, विषयगत समिति तथा विज्ञहरुको सल्लाहकार समिति गठन गर्ने

१३. NOC/ NSC तथा सम्बन्धीत सरकारी र स्थानीय निकायहरु संग सहकार्य बढाउने

— कम्तिमा ७ प्रदेश / ३ मन्त्रालय / ७ नपा मा

१५. एडभेन्चर स्पोर्टस् अफ दि इयर को स्थापना गर्ने

१६. राष्ट्रिय अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने

१७.सदस्यता वितरण योजना

— संथागत सदस्यता

— आजीवन सदस्यता

— एसोसिएसन सदस्यतालाई निरन्तरता

१८. प्रस्तावीत खेलकुद ऐन सम्बन्धी अन्र्तकृया र सुझाव संकलन

१९. ठुला राजनितीक पार्टी , खेलकुद विभाग सँग अन्र्तकृया

२०. राष्ट्रिय संघ बाहिर रहेका क्लब , ग्रुप तथा इभेन्ट लाई कानुनत राष्ट्रिय संघ र जिखेविस अन्तर्गत ल्याउन जोड दिने

२१. चुरे पर्वतीय श्रृंखलामा आधारित प्रवन्धनात्मक र वातावारणीय अभियान

२२. सडक सुरक्षा अभियानमा संलग्नता जनाउने

२३. आगामी वर्ष नेपालमा हुने SAEG Game मा शाहसिक तथा पर्यटकीय खेलहरु समावेशको लागि लबिंग गर्ने

२४. परम्परागत खेलहरुका संयुक्त तथा छुट्टा छुट्टै राष्ट्रिय तथा अन्त राष्ट्रिय इभेन्ट हरुको समन्वय गर्ने

२५. यस क्षेत्रका खेल संग सुहाउदो ईनसोरेन्सको नीति कार्यक्रमको लागि लबिंङ्ग गर्ने

२६. सदस्य संघहरुको लागि NOC र अन्त राष्ट्रिय फेडेरेसन तथा निकायहरुमा सदस्यताको लागि सपोर्टिंग गर्ने

२७. माउन्टेन सपोर्ट फेस्टिभल एकै महिना र एकै स्थानमा संचालन गर्ने

२८. पदक , रोजगारी , पर्यटन , पूर्वाधार र लगानी र उपलब्धिको आधारमा खेलहरुको वर्गीकरण गर्ने

२९. धुलिखेल नपा क्षेत्रमा शाहसिक खेलकुदको सेन्टर बनाउन नगरपालिकालाई अनुरोध गर्ने

३०. यस संग सम्बन्धित संघ हरु लाई महासंघको सदस्य बनाउदै जाने

मध्यकालीन कार्यजोजना ः ( पाँच वर्षे )

१ . कर्पाेरेट क्षेत्र /स्थानीय सरकार संग सहकार्य

२ . प्रथम दक्षिण एसियाली एडभेचर स्पोर्टस् कन्फ्रेन्स २०२०

३ . प्रथम राष्ट्रिय खेलकुद पर्यटन सम्मेलन २०१९

४ . ७ प्रदेशमा १ /१ स्पोर्ट्स सेन्टरको शुरुवात

५ . सम्पुर्ण सदस्य सँघको १ /१ वटा अन्र्तराष्ट्रिय इभेन्टको संयोजन र सहयोग

६ . खेलकुद , पर्यटन, वातावरण क्षेत्रका अन्र्तराष्ट्रिय महासंघका पदाधिकारीहरुलाई नेपाल भ्रमण गराउने

७ . एडभेन्चर फिल्म फेस्टीबल २०२१ बाट सुरु

दीर्घकालीन कार्यजोजना ः (बीस वर्षे )

१. नेपाललाई पर्वतीय खेलकुदकोएसियालीहब बनाउने प्रस्ताव युवा खेलकुद मन्त्रालयमा पेश गर्ने (पोखरा लाई केन्द्रीय हब तथा अन्य प्रदेशहरुमा कम्तिमा १ र १ सेन्टर बनाउने )

२. केन्द्रमा आफ्नै भवन , प्रदेशमा छुट्टै सचिवालय

३. कम्तिमा १० वटा Adventure sports का पूवाधार सहितका केन्द्रहरु

४. High Altitude ट्रेनिङ्ग सेन्टरसंचालन / ब्यबस्थापन

५. International Sports Tourism Conference (प्रत्येक वर्ष)

६. वाटर स्पोर्टको ट्रेनिङ सेन्टरको स्थापना

७.Mountain Olympic को लागि NOC मार्फत लबिंङ्ग

एउटा व्यक्तिको जीवनमा ६ वर्ष लामो अवधि हो तर एउटा राष्ट्रिब्यापी अभियानको लागि त्यो छोटै समय हुने रहेछ र त ६ बर्ष ख्यालख्यालैमा बिताए झैँ भैरहेको पनि छ । यी ६ वर्षमा हामीले जेजति गर्यौं त्यो यहाँ हरु लगायत सम्बन्धित सबैको सहयोग साथ र समर्थनमा गर्यौं । जे जति गर्न सकेनौं त्यो आफ्नै कारणले गर्न सकेनौं र त आज यो समिक्षा गर्ने चरणमा छौं ।

तसर्थ, निर्मम , बस्तुपरक र जिम्मेवारीयुक्त बहस , छलफल र सुझावको अपेक्षा गर्दछौं , ताकी आगामी गन्तव्य सहज र सार्थक बन्न सकोस , जसमा हामी मात्रै होइन नेपाली खेलकुद , पर्यटन तथा नेपालकै भविष्य जोडीएको छ ।

साधारण सभामा अध्यक्ष , महासचिव तथा कोषाध्यक्षले प्रगति प्रतिबेदन, आगामी कार्ययोजनाको प्रस्ताव तथा आर्थिक प्रतिबेदन पेश गर्नु भयो । जुन प्रतिबेदन माथि साधारणसभाका सहभागीहरुले देहाय अनुसारको टिप्पणी , सुझाव, प्रतिक्रिया तथा प्रश्नहरु गर्नुभयो जसलाई यसै प्रतिबेदनको अंङ्गको रुपमा जस्ताको त्यस्तै समावेश गरिएको छ ।

सहभागी , टिप्पणी तथा प्रतिक्रिया

सैलेन्द्र रावत

१. साफ गेममा सहभागी बढाउने

२. बुढीगण्डकीमा वाटर स्पोर्ट्स सेन्टरको स्थापना गर्ने

रमेश सिवाकोटी १. समाजमा रहेका परम्परागत आर्चरीलाई विकास गरिनुपर्ने

संजिव पाण्डे

१. शाहसिक खेलकुदको लागि इन्सुरेन्सको व्यवस्था

२. एसियाली हब बनाउने प्रस्ताव तत्कालिन कार्यक्रममा राख्नु पर्ने

सुमन देवकोटा

१. साना तिना कार्य, ठुला भएनन्

२. माउन्टेन ओलम्पिक शुरु गर्ने काम खै ?

३. स्पोर्ट्स बाहिर किन जाने ?

४.अघिल्लो साधारणसभाबाट पोखरामा हब बनाउने निर्णय भएको हो खै प्रगती ?

५.महासंघ संस्थागत र कागजात भएन

६.कार्यसमितिका सदस्यहरु नबोलाएको कि नआएको ?

७. किन गए बिज्ञहरु टाढा ?

बलराम श्रेष्ठ

१. संघहरुलाई संयोजन तथा सहयोग के के ?

२. NOC ले मान्यता नदिनु को पछाडी का कारण के हुन् ?

३. अन्तराष्ट्रिय संगठनमा के के सहयोग ?

सुदिप पौड्याल

१. विधानमा व्याख्या के के छ त ?

२. बैंक खातामा कोषाध्यक्षको साही अनिवार्य हुनुपर्ने

आरके बिस्ट १. संघमा आबद्ध भएर मात्र कार्यक्रम गर्न दिनुपर्ने

निलेन्द्र राज श्रेष्ठ

१. सर सल्लाह र कार्य बिधान भएन

२. Trathalon संग जोडिएर उद्घाटन गर्दा लाज लाग्यो

३. २३ मा Mountain Olympic कसरी गर्ने ?

४. महासंघले के गर्यो ? अब एयष्अिथ बनाउने कि ?

५. लक्ष्य निर्धन्रण गर्नु पर्ने

६. प्रक्रियागत विकास बारेमा सोच्नु पर्ने

७.Mountain Sports Festival एउटा हुनु पर्ने

८. NOC मार्फत Affiliation को व्यवस्था मिलाउनेछु

चन्द्र राई

१. ६ वर्ष को Festival६ वटै गर्यौं , राम्रो सन्देश गएन

२. International Championship पोखरामा गर्नु पर्ने

३. खेलको Listing गरिनु पर्ने

वसन्त थकाली

१. आर्चरी खेललाई निरन्तरता दिनुपर्ने

२. कस्तो किसिमको आर्चरी गर्ने होला ?

३. आम्दानी खर्चको कसरी व्यवस्था गरिएको छ ?

मेघराज पौड्याल

१. पोखरालाई हब बनाउने कुरा

२. धुलिखेलमा शाहसिक स्पोर्ट्स सेन्टरको माग गर्ने

सुदिप पौड्याल

१.कोषाध्यक्ष हुनुपर्ने र विधानमा समेत यसलाई उल्लेख गरिनु पर्ने

२. राखेपले बजेट मनपरी बाड्छ

रमेश सिवाकोटी

१. बास्केट फण्डमा रकम सारेकोमा के गर्ने ?

२. Red Book बाट बास्केट फण्डमा रकम कसरी सारछ ?

त्यसैगरि प्रस्तावित बिधान संसोधनमा सहभागी हरुले देहाय अनुसारको सुझाव दिनुभयो

Advisory Board ५ जनाको राख्ने,
कोषाध्यक्षको अनिवार्य खाता,
प्रादेशिक महासंघ गठन गर्ने
सह कोषाध्यक्ष हटाउने
संघले अन्तराष्ट्रिय महासंघ बाट मान्यता प्राप्त गर्नु पर्ने
विधानमा संघीय र प्रादेशिक शब्द प्रयोग गर्नुपर्ने
व्यक्तिगत सदस्यता (आजीवन, विशिष्ट र मानार्थ ) को ब्यबस्था मिलाउनु पर्ने
सदस्यता शुल्क (वार्षिक रु दश हजार ) को व्यवस्था र उठाउने अख्तियारी कोषाध्यक्षलाई दिनुपर्ने लगायतका विभिन्न सुझावहरु दिईयो ।

ति सुझाव, टिप्पणी र प्रश्नहरुको एकमुष्ट जवाफ अध्यक्ष, महासचिव र कोषाध्यक्ष ले दिनु भयो । तत पश्च्यात तिनैवटा प्रतिवेदन पारितको लागि प्रस्तुत गरियो र सर्वसम्मतले पारित भयो ।

आर्थिक प्रेतिवेदन समेत यसै प्रतिवेदन संग छुट्टै संलग्न गरिएको छ ।