12 Sep, 2023
नेपालमा हवाइ खेलको विकास र प्रवद्र्धन गर्न योगदान पुयाउने १५ विदेशी र ३ स्वदेशीसहित १८ जनालाई एभिएसन स्पोर्टस् संघ नेपालले कदर स्वरुप आइतबार प्रशंसापत्र प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले विदेशीहरु विन्डी स्मिथ, थोमस नुनान, रायन ज्याक्सन र इयान एडवार्ड एट्किन्स तथा स्वदेशीहरु डिकबहादुर खिर्सिना, विवेक पाण्डे र फुलबहादुर तामाङलाई राखेपको दशरथ समिक्षालयमा आयोजित कार्यक्रममा प्रशंसा पत्र हस्तान्तरण गर्नुभयो । अन्य विदेशीको प्रशंसा पत्र विन्डी मार्फत सम्बन्धितलाई प्रदान गर्ने गरी एक मुष्ट हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै सदस्य–सचिव लामाले पर्यटन खेलकुदलाई बढावा दिन परिषद्ले विभिन्न सम्बन्धित निकार्यसंग सहकार्य अगाडि बढाइरहेको बताउनुभयो ।
कार्यक्रममा एभिएसन स्पोर्टस्का अध्यक्ष कृष्णकुमार अर्यालले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तीन नेपालीलाई स्काइ ड्राइभरको तालिम दिइरहेको अवगत गराउनुभयो ।