साहसिक खेलमा माया

साहसिक खेलमा माया

साहसिक खेलमा माया

12 Sep, 2023

साहसिक खेलमा माया


१७ घण्टामा पूरा गर्नुपर्ने साहसिक खेल ‘आइरनम्यान ट्रायथ्लोन’ मा ३.८६ किमी पौडी, १८०.२५ किमी साइक्लिङ र ४२.२ किमी दौड्नुपर्छ। मायाले बिहान ७ बजेबाट शुरू हुने पौडी दुई घण्टा २० मिनेटमा पूरा गर्नुपर्नेछ। अपरान्ह ५.३० भित्र साइक्लिङ पूरा गरेर मध्यरातमा दौड पूरा गर्नुपर्नेछ।

नेपालका सडक बालबालिकालाई सहयोगका लागि आयोजना गर्न लागिएको यो खेलमा मायाले ५००० डलर उठाउने लक्ष्य राखेकी छन्। संकलित रकम न्यूयोर्कस्थित सामाजिक संस्था इम्पावर वानमार्फत नेपाल पठाइनेछ। पढाइको लागि सोलुखुम्बुबाट न्यूयोर्क पुगेकी माया स्नातक गरेर विज्ञापन सम्बन्धी कम्पनीमा कार्यरत छिन्। यसअघि उनी राडो आइल्याण्डमा भएको हाल्फ आइरनम्यान ट्रायथ्लोनमा दुई पटक सहभागी भएकी थिइन्।

सन् ७० को दशकमा अमेरिकाको हवाई राज्यबाट शुरू भएको आइरनम्यान ट्रायथ्लोन ८० को दशकमा संसारभर फैलिएको थियो। यसको वेबसाइट अनुसार, यो वर्ष एशिया–प्यासिफिक क्षेत्रमा ६ वटा, युरोपमा आठ, उत्तर अमेरिकामा १३, दक्षिण अमेरिकामा एक र अमेरिकामा एक गरी विश्वभर २९ प्रतियोगिता आयोजना हुँदैछन्।

ङिमा पाखि्रन, न्यूयोर्क