12 Sep, 2023
शिवराम, राजीव र टीकाराम सम्मानित
नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) ले गोल्फका शिवराम श्रेष्ठ तथा ट्रायथलनका राजीव गुरुङ र टीकाराम थापालाई आइतबार सम्मान गरेको छ । उनीहरुत्रयलाई विभिन्न प्रतियोगितामा हासिल गरेको सफलताको कदर गर्दै नगद ७–७ हजार सहित सम्मान गरियो । सोही अवसरमा ट्रायथलनका सहर्ष शाक्य, सगरमाथा आरोही कलाकार अर्जुन कार्की र अल्ट्रा धावक सञ्जय पण्डितलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुद पूर्व मन्त्री कमला रोका, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य–सचिव युवराज लामा, नेपाल कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी तथा नेकपा (एमाले) का खेलकुद विभाग प्रमुख कर्ण थापाले सम्मान गर्नुभयो