रेसमाण्डु प्रेस बक्तब्य

रेसमाण्डु प्रेस बक्तब्य

12 Sep, 2023

रेसमाण्डु प्रेस बक्तब्य


नेपाल अटोमाबाइल स्पोटर््स एसोसियसन(नासा)को आयोजनामा आगामी १९ फागुनमा मोटरसाइकल  रेसिङ्ग कम्पिटिसन  ँरेसमाण्डु”‘ हुने भएको छ ।
फेडेरेसन इन्टरनेशनल डेल मोटरसाइक्लिज्म (FIM) मा आबद्ध भए पछि नासाले यस प्रकारको प्रतियोगिता नेपालमै पहिलो पटक गर्न लागेको हो ।
स्याकार टेडिङ्ग कम्पनि प्रा.लि. (हेण्डा सिबीआर २५० सीसी मोटरसाइकल) प्रोमोटर रहेको प्रतियोगितामा बढीमा १०० जना राइर्डसले बिभिन्न बिधामा सहभागिता जनाउने छन् । यस रेस मार्फत सम्पूर्ण राइडर्सले आफूमा निहित साहस, क्षमता र कौशलताको प्रर्दर्शन गने अबसर पाउने छन्  । प्रतियोगितामा १००–१९७ सीसी क्याटेगोरी र १९८–२५० सीसी क्याटेगोरी गरी दुइ बटा क्याटेगोरी मार्फत चालकहरु ट्रयाकमा उत्रनेछन्।
सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा सञ्चालन हुने प्रतियोगिताका दुवै बिधाका पहिलो, दोस्रा र  तृतीय हुनेले क्रमश: २० हजार, १५ हजार र १० हजार रुपिया पुरस्कार पाउने छन् ।  शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
रेसमाण्डुमा सहभागीताको लागि हेण्डा बिङ्ग बल्र्ड बुधबारी, टेकु र हेण्डा बिङ्ग बल्र्ड, टुसाल बौद्ध लाई रेजिस्ट्रेसन सेन्टर कायम गरिएको छ। रेसमाण्डुलाई थप रोमान्चकारी र आकर्षित गर्न B-Boyig / Safety Skill पनि प्रर्दशन गरिनेछ रेसका संयोजक सम्पन्न याक्थुम्बाले बताएका छन् । रेसमा सहभागि हुन २५ माघ देखि ११ फागुनसम्म समय सिमा राखिएको आयोजक कमिटीले जनाएको छ ।