12 Sep, 2023
नेपाल भ्रमणमा रहेका स्पेनी नागरिक डब्लुटीसीसी ड्राईभर पेप ओरियला भिला र उनका पिता पेप ओरियला सान निकोलसको सम्मानमा नेपाल एटोमोवाईल स्पोर्टस् संघ (नासा)ले आईतबार अवेर स्वागत कार्याक्रमको आयोजना ग¥यो ।
सो स्वागत कार्यक्रममा नासाले नेपालमा अटोमोवाईल्सको विकास र विस्तारको विभिन्न कार्यक्रम गर्ने र त्यसको लागि स्पेन र ओरियलाको टिम टुएण्टी रेसिङ टिमको तर्फबाट सहकार्यलाई अगाडी बढाउने सहमती भएको थियो ।
सो अवसरमा नासाले ओरियला द्वयलाई मायाको चिनो प्रदान गरेको थियो ।
पिता ओरियला पूर्व फुटबल पदाधीकारी समेत रहिसकेका छन् ।