गोरु सम्मेलन हुने

गोरु सम्मेलन हुने

12 Sep, 2023

गोरु सम्मेलन हुने


नेपाल ओलम्पिक संग्राहलयको आयोजना तथा माघे संक्रान्ति मेला व्यवस्थापन समितिको व्यवस्थापनमा प्रथम गोरु सम्मेलन नुवाकोटको तारुकामा प्रथम गोरु सम्मेलन पुस १ गते हुने भएको छ ।
गोरु जुधाइ खेलको तयारीका लागि सम्मलेन गर्न लागिएको संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी गराए । सम्मेलनमा ३० गोरु र गोरु मालिकको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिता नुवाकोट र काठमाडौंमा हुनेछ । नुवाकोटमा माघ १ गते तथा काठमाडौंमा माघ १९ र २० मा हुनेछ । प्रतियोगितालाई नियमबद्ध र व्यवस्थित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।